नियम ६
सदस्यता कायम नरहने
(१) देहायको अवस्थामा संस्था वा संघको सदस्यता कायम रहने छैन :–
(क) सदस्यले समिति समक्ष पेश गरेको लिखित राजीनामा स्वीकृत भएमा,
(ख) सदस्यताको लागि विनियममा तोकिएको योग्यता नरहेमा,
(ग) संस्था वा संघ विघटन भएमा ।
तर कुनै सदस्यले संस्था वा संघबाट प्राप्त गरेको ऋण वा संस्था वा संघलाई तिर्नु पर्ने बा“की बक्यौता भुक्तानी गर्न बाकी रहेछ भने त्यस्तो सदस्यले र त्यस्तो सदस्यको तर्फबाट धितो वा जमानत बस्ने अरू कुनै सदस्यले सो संस्था वा संघको सदस्यताबाट राजीनामा गर्न पाउने छैन ।
(२) उपनियम (१) बमोजिम सदस्यता समाप्त भएको व्यक्तिले पुन सदस्यता प्राप्त गर्न चाहेमा त्यस्तो सदस्यता समाप्त भएको मितिले एक वर्षपछि मात्र सम्बन्धित
संस्था वा संघमा निवेदन दिन सक्नेछ ।